मार्सल आर्ट महोत्सब आइतबारदेखि
आगामी आइतबारदेखि राष्ट्रब्यापी मार्सल आर्ट महोत्सव हुने भएको छ । ललितपुरको जाउलाखेल मार्शल सेन्टरको आयोजनामा हुने मार्शलआर्ट महोत्सव सितोरियो कराते,तेक्वान्दो,उसु र किक बक्सिङ्गका खेलहरु समावेश गरिएको पत्रकार सम्मेलनमा आयोजकले जनाएको छ । प्रतियोगितामा करातेमा महिला र पुरुष गरि कुल २२ इभेन्ट समावेश गरीएको छ । महिला कुमुतेतर्फ ९ इभेन्ट र पुरुष कुमुतेतर्फ ११ इभेन्ट हुनेछन् भने पुरुष र महिलाको एकल काता समावेश गरीएको छ । उसुको सान्सौमा महिला पुरुष गरी १४ बिधा र थाउलुतर्फ ७ बिधामा प्रतिस्पर्धा हुने पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक मार्पो लामाले बताए । त्यसैगरी तेक्वान्दोमा महिला पुरुष गरी १३ इभेन्टका खेल हुनेछन् । किक बक्सिङ्गमा महिला तथा पुरुषको सात इभेन्ट रहेको संयोजक लामाले बताए । गोल्डेन ओकले मुख्य प्रायोजन र वल्र्ड लिकं सहप्रायोजन रहेको प्रतियोगिताको अनुमानित बजेत १० लाख रहेको राप्रपा नेपाल आवद्ध राष्ट्रिय खेलकुद संघ नेपालका उपाध्यक्ष एवंम् ललितपुर जिल्ला खेलकुद संघका सल्लाहकार तेज कुमार लामाले बताए । प्रतियोगिता मार्फत नयाँ प्रतिभावान खेलाडी उत्पादनमा मद्धत पुग्ने धारणा उपाध्यक्ष लामाले ब्यक्त गरे । पत्रकार सम्मेलनमा आयोजक मार्सल आर्ट सेन्टरका उपाध्यक्ष दिग विजय भारतीलगायतको उपस्थिति रहेको थियो ।