तुलसी र खेमको जोडी विजयी

विविध खेलकुद प्रतियोगिताअनतर्गत ब्याडमिन्टनको पुरुष डबल्सको उपाधि लक्ष्मीनारायण क्लबका तुलसी पुरी र खेम सुब्बाको जोडीले शुक्रबार तिनकुने ब्याड्मिन्डनका अभिषेक गुरुङ र नीरविक्रम देवकोटाको जोडीलाई १८–२१, २१–१३ र २१–१५ ले हराएर हात पारेको छ ।
कोटेश्वर ब्याडमिन्टन क्लबका महेश भट्टराई र जयराम कार्कीको जोडी र तिनकुनेका आङकोसाङ शेर्पा र तीर्थ मल्लको जोडी तेस्रो भए । विजेताले २५ हजार, उपविजेताले १५ हजार तथा तेश्रो हुने दुई जोडीले समान ४÷४ हजार नगद पुरस्कार प्राप्त गरे ।
भगवती युवा क्लबको दर्शौँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजत विविध खेलकुदअन्तर्गत सात खेलका प्रतियोगिता आयोजना गरेको छ । जसमा आज टग अफ वार सम्पन्न भयो भने कराँतको पनि १५ स्वर्ण पदकको छिनोफानो भएको छ ।

Comment