२५ खेलका उत्कृष्ट खेलाडी सम्मानीत राजुकाशी आदर्श खेल व्यक्तित्वबाट सम्मानीत
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले २५ खेलका बर्षका उत्कृष्ट खेलाडीलाई शुक्रबार ऐतिहासिक नगरी भक्तपुरमा सम्मान गरेको छ । त्यसैगरि आदर्श व्यक्तित्वका रुपमा संघले नेपाली फुटबलका चर्चित प्रशिक्षक तथा पूर्व खेलाडी राजुकाजी शाक्यलाई २५ हजार रुपैया पुरस्कार सहित सम्मान गरेको छ । नगद पुरस्कार गजराज जोशी स्मृति प्रतिष्ठानका अध्यक्ष राम जोशीले प्रायोजन गरेका थिए । खेलाडी तथा आदर्श व्यक्तित्वलाई नेपाल मंजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजेच्छे, नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पालगायतले पुरस्कार तथा अवार्ड प्रदान गरेका थिए । सो अवसरमा भक्तपुर नगरपालीका स्थानिय सास्कृतिक नाचहरु प्रस्तुत गरेको थियो भने हास्यकलाकालर विल्सन विक्रम राईले पदर्शन गरेका थिए ।
बर्ष खेलाडीबाट सम्मानीत हुनेमा आर्चरीका जितबहादुर मुताङ, एथलेटिस्कका ज्योतीचन्द्र पार्खीङ, ब्याडमिन्टनकी नङशल तामाङ्ग रहे । त्यसैगरि बास्केटबलबाट स्नेहा श्रेष्ठ, बक्सिङ्गमा पूर्ण राई, क्रिकेटमा राजु रिजाल, साइकिलिङमा अजय पन्डित श्रेत्री बर्ष खेलाडी चुनिए ।
फेन्सिङमा रामबहादुर शाही, फुटबलमा नवयुग श्रेष्ठ, जिमन्यास्टिकका ऋषिका श्रेष्ठ, जुडोमा रमेश मगर, करोतकी विमला तामाङ, लनटेनिसका संरक्षक भुषण बजार्चार्य उत्कृष्ट बर्ष खेलाडी चुनिए । त्यसैगरि राफ्टिङ एन्ड क्यानोइङतर्फ नेपबहादुर मगर, टेबलटेनिसतकी दिप साउन, तेक्वान्दोकी निशा रावल, सेपाताक्रोका अनिल गुरुङ बर्ष खेलाडीबाट पुरस्कृत भए । ट्रायथलनका रुद्र कटवाल, सुटिङकी स्नेहा राज्यलक्ष्मी राणा, सफ्ट टेनिसक प्रदिप खत्री, पौडीका शिरिष गुरुङ, भारत्तोलनकी तारादेवी पुन उत्कृष्ट बर्ष खेलाडी घोषित भए । कुस्तीका सरोज यादव, उसुकी झराना गुरुङ, गल्फका टक बहादुर कार्की उत्कृष्ट बर्ष खेलाडीबाट सम्मानीत भएको कार्यक्रमका संयोजक दीपक थापाले बताए । उत्कृष्ट बर्ष खेलाडी भएका खेलाडीहरुले जनही १० हजार रुपैया पुरस्कार समेत प्राप्त गरेका थिए ।
इन्चोन एसियाडमा गरेको पदर्शनका आधारमा उत्कृष्ट बर्ष खेलाडी चयन गरिएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक विष्टले बताए ।