सेनाका विरमान लामा पहिलो

kayokhosineनेपाली सेनाका विरमान लामा “१४ औं राष्ट्रिय पुरुष तौल समूह तथा १३ औं राष्ट्रिय महिला खुल्ला फुल कन्ट्याक्ट कराते प्रतियोगिता – २०७२” काता खुृला तर्फ पहिलो भएका छन् । उनले नगद ५ हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे । दोश्रो भएका सेनाकै सुनिल नगरकोटीले २५ सय र तेश्रो भएका रुपन्देहीका साहिल इराकीले १ हजार प्राप्त गरे ।
नेपाल क्योकुशिन कराते डो संघको आयोजनामा भएको प्रतियोगिताको महिला तर्फ नेपाली सेनाकी विन्दु पुन मगर पहिलो भईन् । उनले नवलपरासीकी सुजाता राईलाई पराजित गरेकी थिईन् । ललितपुरकी दिपा शाही तेश्रो र सुस्मिता राई चौथो भए ।
राखेप कभर्डहलमा आयोजित प्रतियोगिताको पुरुष ५० केजी तौलमा सशस्त्रका संजय राई, ललितपुरका समिर तामाङ्ग, नवलपरासीका शक्ति मातिम मगर तथा काठमाण्डौका रामकुमार कुसवाहा पहिलो, दोश्रो, तेश्रो र चौथो भए ।पुरुषकै ६० केजी मुनी तौलमा ललितपुरका विकेश महर्जनले काठमाण्डौका सन्तोष कुमार लामालाई पराजित गर्दै स्वर्ण पदक पाए । तेश्रो स्थानमा नेपाली सेनाका मनोज थपलिया र चौथो स्थानमा कास्कीका गणेश अधिकारी रहे ।
६० केजी माथीको तौल समूहमा मकवानपुरका सनि सिंहले काठमाण्डौका कुञ्जन श्रेष्ठलाई पराजित गर्दै प्रथम स्थान प्राप्त गरे । तेश्रो स्थानमा कास्कीका रुपक नेपाली र चौथो स्थानमा काठमाण्डौका दीनेश खड्का रहे ।पहिलो, दोश्रा, तेश्रो र चौथो हुनेले क्रमश १० हजार, ५ हजार, २५ सय र १ हजार सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे ।विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले पुरस्कार वितरण गरेका थिए ।
दुई दिने प्रतियोगितामा पुरुष तर्फ ६० र महिला तर्फ ३० खेलाडीहरु गरि ९० खेलाडीहरुले सहभागिता जनाएका छन् ।

Comment