तेस्रो नयाँ बजार कप पुरुष भलिबल सम्पन्न पुलिसलाई उपाधि

Manoj Shiama
9 April, 2016 7:26 pm

police teameतेस्रो नयाँ बजार कप राष्ट्रिय पुरुष भलिबलको उपाधि शनिबार नेपाल पुलिस क्लबले जितेको छ । नयाँ बजार सामाजिक युवा क्लबको आयोजनामा भएको पुरुष भलिबलमा पुलिसले स्याङ्जाको आधिखोला स्पोट्र्स क्लबलाई ३–१ को सेमले स्तब्ध पार्दै तेस्रो सस्करणको उपाधि आफ्नो बनायो । पुलिसले पहिलो सेट २५–१५ ले गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन सेट २५–१३, २५–२३ र २५–२० ले जित्दै च्याम्पियन बनेको ।
त्यस्तै तेस्रो स्थानको लागि भएको खेलमा नेपाल आर्मीले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–१ ले हराए । आर्मीले पहिलो सेट २५–१७ ले आफ्नो पक्षमा पारेपनि दोस्रो सेटले २८–२६ ले गुमाएको थियो । त्यसपछिको लगातार दुई जित २५–१३ र २५–१७ ले जित्दै नतिजा आफ्नो पक्षमा पारेको हो । प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी उपाधि पुलिसका सन्जय अर्यालले हात पारे । उनले ७ हजार नगद पुरस्कार हात पारे । बिधागत उत्कृष्ट तर्फ डिफेन्डरमा आर्मीका इश्वर थापा मगर ,सर्भरमा पुलिसका कुल बहादुर थापा,सेटरमा इम राना ,स्पाइकरमा आर्मीका धन बहादुर भटृ ,ब्लकरमा एपीएफका महेन्द्र श्रेष्ठ,क्वीइकरमा आखिखोलाका सन्दीप शिहं र बेस्ट प्रशिक्षकमा पुलिसका सरोज श्रेष्ठ चूनिए । उत्कृष्ट पाच जनाले ५ हजार रुपैया प्राप्त गरे । प्रतियोगिताको विजेता खेलाडीलाई नयाँ शक्तिका संयोजक बाबुराम भटृराई,नेपाल भलिबल सघंका उपाध्यक्ष मनोरञ्जन रमन शर्मा,महासचिव जितेन्द्र बहादुर र आयोजक नयाँ बजार सामाजिक युवा क्लबको अध्यक्ष भगवान थापा लगायतले पुरस्कृत गरे । सो अवसरमा भारतमा सम्पन्न सागमा कास्य पदक विजेता महिला भलिबल टोलीलाई सम्मान गरीएको थियो । साम्बो करातेका अन्तराष्ट्रिय खेलाडी डब्लु घिसिङले उपलब्ध गराएको पुरस्कारबाट राष्ट्रिय रेफ्री विकास गुरुङलाई सम्मान गरीएको थियो । उनलाई नयाँ शक्तिका संयोजक डा. बाबुराम भटृराईले सम्मान गरेका थिए । प्रतियोगिताको बिजेताले पुलिसले क्लबले एक लाख २५ हजार १ सय ११ , उपविजेता आधीखोलाले ७० हजार १ सय ११ र तेस्रो भएको आर्मीले ४० हजार १ सय ११ नगद पुरस्कार ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे । यस्तै चौथो स्थानमा चित्त बुझाएकने एपीएफले १५ हजार १ सय ११ नगद पुरस्कार हात पारेको प्रतियोगिता संयोजक पदमकुमार श्रेष्ठले जनाएका छन् । सो अवसरमा नयाँ शक्तिका संयोजक भटृराईले नेपाली खेलाडी देशको शान भएको बताउदै राज्यले खेल क्षेत्रलाई विशेष महत्वमा राख्नुपर्ने बताए ।