मोटर ¥यालिको उपाधी गौरि शंकर रावलको जोडीलाई
चौथो पर्वतिय खेलकुद महोत्सव अन्तरर्गतको धनगढी–चिसापानी मोटर ¥यालि शनीबार भब्य रुपमा सम्पन्न भयो । सुदुरपश्चिमकै रोमाञ्चकारी इभेन्टको रुपमा रहेको सो प्रतियोगितामा प्रथम गौरि शंकर रावल र रवि न्यौपानेको को जोडी , द्धितिय प्रदिप खनाल र कृष्ण बहादुर महराकोे जोडी र तृतिय मनोज राना र कैलास खड्काको जोडी भए ।
नेपाल अटोमोवाइल्स एसोसिएसन(नासा) को तत्वाधानमा सेती–महाकाली ट्रक व्यवसायी संघ, लायन्स क्लब एरिया नं. ७ धनगढी र नेपालमोटर स्पोर्टस् क्लबको संयुक्त आयोजनामा सम्पन्न सो मोटर¥यालि सुदुर पश्चिम कै इतिहाँसको पहिलो हो । धनगढी बाट शुरु भएको ¥यालिअत्तरिया – लम्कीहुँदै सुन्दर चिसापानी कर्णालीमापुग्दा१०३ किलो मिटर पार गरेको थियो ।
“फर नेचर, एडभेन्चर एण्ड कल्चर”भन्ने मुल नारा रहेको सो ¥यालिको उद्देश्य कर्णाली नदी आसपासका क्षेत्रमा शाहसिक खेलकुदप्रवेश गराउनु , ड्राइभ टुरिजमको लागी विश्वव्यापी प्रचार÷प्रसार गराउनु र सडक सुरक्षाको सन्देश दिनु रहेको थियो । विजयीले क्रमश १० हजार, ७हजार ,४ हजार, शिल्ड, मेडल र सर्टिफिकेट प्राप्त गरे भने सहभागीले प्रमाण पत्र पाए ।
पर्वतिय खेलकुद महासंघ–नेपालले नेपालका ५ वटा क्षेत्रियहवको पहिचान गरी सोही अनुसारको इभेन्ट स्थापना गर्ने उद्देश्य अनुरुप कर्णाली क्षेत्रको यो नै पहिलो कार्यक्रम हो । विगत ४ वर्ष अघि स्थापित महासंघले एभरेष्ट क्षेत्र, काठमाडौ क्षेत्र,लुम्विनि क्षेत्र,पोखरा क्षेत्र र कर्णाली क्षेत्र गरी ५ वटा क्षेत्रमा शाहसिक तथा पर्यटकिय खेलकुदको हव बनाउने प्रयत्न गरिरहेको छ ।
प्रमुख जिल्ला अधिकारी अब्दुल कलामखाँले शुभारम्भ गरेकोे ¥यालिको विजयीहरुलाई सुदुर पश्चिमका एस.एस.पी विनोद शर्मा घिमिरे , कैलाली जिल्ला प्रहरी प्रमुख राजेन्द्र विष्ट , सेती महाकाली ट्रक व्यवसायी संघका अध्यक्ष देव बहादुर बम , नासा कार्यसमितिका सदस्य मणि नेपाल र मधुसुदन सिग्देल र नेपाल मोटर स्पोर्टस क्लबका अध्यक्ष सम्पन्न याकथुम्वाले पुरस्कार तथा प्रमाण पत्रहरु प्रदान गरे ।