व्यायाम मन्दिरद्वारा रक्तदान

Manoj Shiama
10 April, 2016 7:12 pm

blood donatione
“रक्त दान जीवन दान” भन्ने मुल नारालाई यथार्थमा उतार्न तथा रगतका कारण कुनै पनि विरामीले अकालमा ज्यान गुमाउनु नपरोस भन्ने उद्धेश्यले नेपालको सवै भन्दा जेठो व्यायाम अखाडा नेपाल व्यायाम मन्दिर, ज्याठाले नव बर्ष २०७३ को पूर्व सन्ध्यामा पाँचौ रक्तदान कार्यक्रम सम्पन्न ग¥यो । नव बर्षलाई स्वागत गर्दै शुभकामना आदान प्रदान सहित गरिएको रक्तदान कार्यक्रममा ७५ जना समाज सेवी रक्तदाताहरुले रक्त दान गरेको व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले जनाएका छन् । अध्यक्ष प्रधानले व्यायाम मन्दिरले व्यायाम र खेलकुद मात्र नभई विभिन्न सामाजिक कार्य मार्फत समाजमा योगदान गर्ने कार्य गर्दै आईरहेकोमा यो रक्तदान कार्यक्रम पनि एक भएको बताए ।
हाल राजधानीमा रगतको मागमा बृद्धि भईरहेको र उक्त मागलाई धान्न गा¥हो भईरहेको अवस्थामा यो कार्यक्रम निकैनै ठुलो सहयोग भएको नेपाल रेडक्रश सोसाईटीले जनाएको छ ।