अंसुले नयाँ बर्षमा फुटसल गर्ने

Manoj Shiama
10 April, 2016 7:15 pm

नेपाल लोकतन्त्र दिवस तथा गत बैशाखमा गएको विनाशकारी भुकम्पमा ज्यान गुमाएका व्यक्तिहरुको संझनामा फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । अंसु को आयोजना तथा बी ब्वाइज को संयोजकत्वमा २०७३ साल बैशाख ११ गते शनिबार हुने प्रतियोगितामा फाईनान्सियल ईन्सटिच्युसनका कर्मचारीहरुको मात्र सहभागिता रहने प्रतियोगिता संयोजक तथा अंसुका अध्यक्ष पर्शुराम बास्तोलाले जनाएका छन् । प्रतियोगिताको कार्यक्रम ब्यवस्थापन सह– संयोजकमा बि ब्वाईजले अनुप अधिकारी रहेका छन् ।
प्रतियोगितालाई रमन कन्स्ट्रकसन प्रालिले मुख्य प्रायोजकको रुपमा साथ दिएको छ । यस्तै सह–प्रायोजकको रुपमा बाजेको सेकुवा र बल्खु कृषि तथा तरकारी बजार रहेको छ । प्रतियोगितालाई प्रायोजन गरे बापत प्रायोजकले १ लाख र सह–प्रायोजकले ५० हजार आयोजकलाई प्रदान गर्ने छन् । प्रतियोगितामा विजयी टोलीलाई ¥याप्mटीङ्ग प्याकेजका साथै मेडल र प्रमाण पत्र, उपविजेतालाई बाजेको सेकुवमा डिनर सहित मेडल र प्रमाण पत्र तथा तेश्रो स्थान प्राप्त गर्नेलाई १५ हजार रुपैया सहित मेडल र प्रमाण पत्र प्रदान गरिने संयोजक बास्तोलाले बताए । धन्वन्तरी फुटसल प्रालि धुम्वाराही – ४ मा आयोजना हुने प्रतियोगिताको दर्ता शुल्क ८ हजार राखिएको र त्यस वापत खेलाडीहरुलाई ब्रेकफास्ट र खाजाको व्यवस्था गर्ने बिज्ञप्तीमा जनाईएको छ ।