पहिलो दिन तीन खेलको प्रतिस्पर्धा
जावालाखेल मार्शल आर्ट सेन्टरको आयोजनामा भएको राष्ट्रब्यापी मार्सल आर्ट महोत्सव आइतबारदेखि हुने ललितपुरको जावालाखेलमा शुरु भएको छ । जावाल खेलको मैदानमा भएको मार्शलआर्ट महोत्सवको सितोरियो कराते अन्तर्गत पुरुष कातातर्फ नरहरि डोजोका सुर्णिम मानन्धर पहिलो,प्रनिर मानन्धर दोस्रो तथा सुमन्त तामाङ र सुमन चेपाङ तेस्रो भए । महिलाततर्फको कातामा नरहरिकी रेनु विष्ट पहिलो,बौद्ध डोजोकी अप्सरा मोक्तन दोस्रोे तथा घण्टाघरकी मनिष योञ्जन र लैनचौर डोजोकी मन्दिरा थापा तेस्रो भइन् ।
पुरुष कुमुतेतर्फ २० केजीतौल समुहमा भक्तपुर डोजोका सुवास परियार पहिलो र लैनचौर डोजाका करुण पुलामि मगर दोस्रो ,सोही तौल समुहको महिलामा नरहरीपुर डोजोकी सृजाना एम्सी पहिलो र केन्द्रीय डोजोकी मेलीना लामा दोस्रो, २५ केजी तौल समुहको पुरुषमा कुस्मीन आले मगर प्रथम,अनिल सुन्दास दोस्रा र सोही तौल समुहको महिलामा नरहरी डोजोकै मुना शाक्य पहिलो र विजीता शाही दोस्रो भइन् । ३० केजी तौल समुहको पुरुषमा घण्टाघर डोजोका सुर्णीम मानन्धर पहिलो र बौद्ध डोजोका बुद्ध मोक्तान दोस्रो तथा महिलातर्फ मण्डीखाटार डोजोकी नियुक्ती शेर्पा र न्यू हर्ट डोजोकी विनीता तामाङ दोस्रो भइन् ।
किक बक्सीङतर्फको ५० केजीमा भक्तपुरका प्रकाश विष्ट र विर बहादुर तामाङ सेमिफाइनलमा प्रवेश गरे । ६० केजीमा राहलु बुढाथोकीले बासुदेव पाण्डेलाई हराउदै फाइनलमा प्रवेश गर्दा भक्तपुरका प्रकाश बहादुर शाही र आयोजक जावलाखेल मार्शल आर्ट सेन्टरका सरोज सेवा सेमिफाइनलमा पुगे । ६५ केजीतौलमा सुजन तामाङले घण्टाघरका अर्जुन कार्कीलाई हराउदै फाइनलमा स्थान बनाएको किक बक्सीङका अन्तराष्ट्रिय रेफ्री राजु शिहं बताए । खुल्लातर्फको सबै खेल भने सोमबारदेखि हुने शिहंले जनाएका छन् ।
तेक्वान्दोतर्फको पुरुष ४३ केजी तौल समुह मुनि चुनदेवीका दिपक मीजार पहिलो र न्यू गोल्डका राहुल थापा मगर दोस्रो,५० केजी तौलमा चुनदेविका महेश थापा मगर पहिलो र नेपाल आराधनाका समीर सिलवाल दोस्रो,३३ केजी तौलमा मैत्रि डोजाङका आयुष खड्का पहिलो र नेपाल आरधनाका विशाल मगर दोस्रो भए । त्यस्तै महिलातर्फ ४५ केजी तौल समुहमा जावलाखेलका निशा दर्नाल र चुनदेवीकी अकिंता बलामी दोस्रो भइन् । खेल महोत्सवमा तेक्वान्दो,उसु र किक बक्सि¨का खेलको प्रतिस्पर्धा भइरहेको छ । उसुका खेल भने सोमबारदेखि शुरु हुने आयोजक जावलाखेल मार्शल आर्ट सेन्टरका प्रतियोगिता संयोजक मार्फो लामाले बताए । यसअघि प्रतियोगिताको उद्घाटन प्रमुख अतिथी पुर्व मन्त्रि एवम् राप्रपा नेपालका सहअध्यक्ष केशर बहादुर विष्ले गरे । सो अवसरमा सघिंय मामिला तथा स्थानिय विकास सहायक मन्त्रि विराज बहादुर विष्ट,राप्रपा नेपालका केन्द्रीय सदस्य एवम् वागमति अचंल संयोजक बाबुकाजी प्रधान,राष्ट्रिय खेलकुद सघं नेपालका अध्यक्ष लोक बहादुर शाही र उपाध्याक्ष तेज कुमार लामा र एसियन किक बक्सीङका स्वर्ण पदक विजेता सन्तोष खड्का लगायतको उपस्थीती थियो । प्रतियोगिताको गोल्डेन ओकले मुख्य प्रायोजन र वल्र्ड लिकं सहप्रायोजन गरेको छ ।