प्रधानमन्त्रीकप भलिबलको तयारी पुरा
नेपालगन्जमा मंगलबार देखी तेस्रो प्रधानमन्त्री कप इन्डो नेपाल महिला भलिबल सुरु हुदैछ । प्रतियोगितामा ६ टोलीले खेल्दैछन। मंगलबार हुने उदघाटन खेलमा एपिएफ र आयोजक मध्यपश्चिम भलिबल टोलीले खेल्दैछन । लिग कम नकआउटको आधारमा हुने प्रतियोगिता ४ बैशाखसम्म चल्ने छ ।
प्रधानमन्त्री कप महिला भलिबलको तेस्रो संस्करण यस बर्ष ऐतिहासिक रुपमा सम्पन्न गर्ने आयोजकले तयारी गरेको छ । यसबर्ष टिमको सहभागिता संख्या बढेको छ । पहिलो पटक आयोजक टिम कोर्टमा उत्रदैछ, भारतीय दुई टिमले भाग लिंदैछन् । साविक विजेता नेपाल एपीएफ क्लब, उपविजेता न्यु डायमन्ड एकेडेमी(काठमाडौं), पश्चिमाञ्चल टिम (पोखरा), आयोजक मध्यपश्चिम टिम रहेका छन् ।
पहिलो संस्करणको विजेता नेपाल पुलिस क्लबले अन्तिम समयमा सहभागि हुन नसक्ने जानकारी दिएको छ । यस पटक पुरस्कार राशी वृद्धि गरिएको छ । विजेताले नगद एक लाख एक हजार तथा उपविजेताले ५१ हजार र तृतीयले ३१ हजार रुपैया पुरस्कार पाउनेछन् । उत्कृष्ट विधामा पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ । सुविसु इन्टरनेटले फ्रि वाईफाई जोनको सुविधा प्रदान गरेको छ । प्रधानमन्त्री कपकै अवसरमा सार्वजनिक हुने गरी खेलकुद गीत तयार गरिएको छ ।प्रतियोगिताका केही खेलहरु कोहलपुर पनि सञ्चालन गरिनेछ ।
प्रतियोगिताको समुह ‘ए’ एपिएफ, भारतको रेलवे, मध्यपश्चिम र समुह ‘बी’ न्यु डायमन्ड, पश्चिमाञ्चल र भारत उत्तर प्रदेश टोली रहेको छन ।