खोखोको खेलाडीलाई सम्मान

khokhoe
भारतको ईन्दौरमा भएको तेश्रो एशियन खोखो च्याम्पियनसिप २०१६ र भारतको गुहाटीमा सम्पन्न १२ औं दक्षिण एशियाली खेलकुदमा कास्य पदक प्राप्त गर्न सफल महिला तथा पुरुष खेलाडीहरुलाई नेपाल खोखो संघले मंगलबार सम्मान गरेको छ । मंगल उमाबि किर्तिपूरमा आयोजित कार्यक्रममा प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री सत्य नारायण मण्डलले खेलाडीहरुलाई प्रमाण पत्र प्रदान गर्दै सम्मान गरेका थिए । अप्रिल ८ देखि १० तारिख सम्म ईन्दौरमा सम्पन्न तेश्रो एयिशन खोखो च्याम्पियनसिमा नेपाली महिला तथा पुरुष टोलीले श्रीलङकालाई पराजित गर्दै तेश्रो स्थान हात पारेको प्रशिक्षक लक्ष्मीनारायणले जानकारी गराए । दुवै टोली सेमिफाइनलमा बंगलादेशसंग पराजित भएको थियो । लिग कम नकआउटको आधारमा खेलाईएको प्रतियोगितामा नेपाली टोली लिग चरणमा भारत र बंगलादेशसंग पराजित भएको थियो भने श्रीलङका र कोरीयालाई पराजित गर्न सफल भएको थियो । कास्य पदक प्राप्त नेपाली टोलीले २१÷२१ हजार भारुका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेका थिए ।
प्रतियोगितामा महिला तर्फ अर्पण महतो र पुरुष तर्फ मिलन रोयले उत्कृष्ट खेलाडी घोषित भए । संघका अध्यक्ष श्री प्रसाद शाहको सभापतित्वमा भएको कार्यक्रममा संघका उपाध्यक्ष प्रदीप महर्जनले पूर्वाधार निर्माण र प्रशिक्षणलाई निरन्तरता प्रदान गर्न सकेमा एशियाली खेलकुद मा नेपालले स्वर्ण प्राप्त गर्ने बताए ।
प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री मण्डलले १२ औं दक्षिण एशियाली खेलकुद र एशियन गेममा कास्य पदक प्राप्त गर्न सफल खेलले अब पछाडी फर्कन नहुने बताए । उनले यस खेललाई प्रचार प्रसारमा ल्याउनु पर्ने र राष्ट्रपति रनिङ्ग शिल्डमा यस खेललाई समावेस गर्न आफ्नो तर्फबाट पहल गर्ने बताए ।

Comment