स्कीमा जीवनराम श्रेष्ठ निर्विरोध

ski photo

नेपाल स्की संघको तेस्रो निर्वाचित अधिवेशनबाट जीवनराम श्रेष्ठ अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् । श्रेष्ठ तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । अन्य सबै पदमा निर्विरोध भयो । आइतबार नेपाल ओलम्पिक कमिटीको सभाहलमा भएको अधिवेशनले १० सदस्यसीय कार्यसमिति चयन भएको छ । राजुबाबु श्रेष्ठ, ईश्वरी पौडेल उपाध्यक्षमा चयन भए । त्यसैगरि महासचिवमा विजय श्रेष्ठ निर्विरोध निर्वाचित भए भने सचिवमा बसन्त राज कार्की, कोषाध्यक्षमा जितेन्द्र श्रेष्ठ निर्वाचित भए । सदस्यहरुमा शान्ता माया परियार, यामबहादुर बम, रामप्रसाद गुरुङ, रामप्रसाद गुरुङ, अर्जुन महर्जन निर्वाचित भए । त्यसैगरि आइतबार नै कार्यसमितिले तीन जना उपाध्यक्ष मनोनयन गरेको छ । यसरी मनोनित हुने उपाध्यक्षहरुमा राजा शाक्य, शम्भु लामा, माधव आर्याल छन् । त्यसैगरि साधारणसभाले संघको बजेटसमेत पास गरेको थियो । भने पत्येक बर्ष राष्ट्रिय स्की च्याम्पियनसिप गर्दै जाने निर्णय समेत गरेको छ । त्यसैगरि ककनीमा बनाउने भनिएको ग्रास स्की रिसोर्टलाई अगाडी बढाउने विषयमा समेत निर्णय भएको छ ।

अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै व्यवस्थापिक संससदको अर्थ समितिका सभापति प्रकाश ज्वालाले खेलकुदले सबैलाई जोड्न राष्ट्रिय एकताको प्रतिक रहेको बताए । खेलकुद स्वास्थ, अनुशासन, राष्ट्र निमाण र समृद्धिको प्रतिक रहेको बताए । उनले खेल पर्यटनको विकासका लागि स्की खेलले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले १३ औं दक्षिण एसियाली खेलकुद नेपालको प्रतिष्ठा उठाउन भुमिका खेल्ने
बताए । ‘१३ औं साग खेलकुद विकासमा नयाँ आयम हुनसक्छ ।’ उनले भने । नेपाल स्की संघका अध्यक्ष तथा नेपाल ओलम्पिक जीवनराम श्रेष्ठले पर्यटन र स्कीको गहिरो सम्बन्ध रहेको बताए । ‘एभरेष्टको देशमा स्की गर्नुको बेग्लै मजा हुन्छ । हिमाली देश नेपालका स्कीको महत्व पर्यटनसम्म जोडिएको छ ।’ उनले भने, ‘हामी केहि समयपछि नै व्यवस्थित स्की रिसोर्ट विकास गर्न सफल हुने छौं भन्ने मलाई विश्वास पलाएको छ ।’ उनले गत जनवरीमा नेपालमा पहिलो पटक राष्ट्रिय स्की प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको समेत स्मरण गरे । उनले नेपालमा पर्यटकका लागि अफसिजन भनिएको समयलाई पनि स्कीले पर्यटक भित्राउने समयका रुपमा लैजाने सक्ने बताए । ‘पर्यटक र स्की जोडेर लैजानेवित्तिकै पर्यटक क्षेत्रमा बढवा हुन्छ ।’ उनले भने ।

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष तथा एनओसीका महासचिव लामा टेन्डी शेर्पाले स्की खेलले नेपाललाई विन्टर ओलम्पिकमा प्रवेश गराएको बताए । कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका सहमहासचिव राजीव श्रेष्ठ, सदस्य निलेन्द्रराज श्रेष्ठ, राखेपका सदस्य राजेन्द्र श्रेष्ठले आफ्नो मन्तव्य राखेका थिए ।

Comment