एपीएफ र उत्तर प्रदेशको जित

Manoj Shiama
13 April, 2016 9:46 am

volley ball nepaljungeनेपालगन्जमा मंगलबार देखी तेस्रो प्रधानमन्त्री कप इन्डो नेपाल महिला भलिबल सुरु भएको छ । पहिलो खेलमा एपीएफ र भारतको उत्तर प्रदेशले जित हात पारेको छन । मंगलबार कोहलपुरमा एपिएफले आयोजक मध्यपश्चिम टोलीलाई २५–१४, २५–३ र २५–१४ ले पराजित गरेको छ । नेपालगन्ज रंगशालामा उत्तर प्रदेशले पश्चिमाञ्चललाई २५–१९, १८ –२५, २५–२२ र २५–१७ ले हरायो । एपिएफका प्रशिक्षक विजय केसीले पहिलो खेलमा सहजै हात पारेको बताए । उनले भने, ‘हामी खुसी छौं । हामीले अभ्यास खेलको रुपमा लिएको थियौं । नयाँ खेलाडी प्रयोग गर्न अवसर मिल्यो । यसले आगामी खेलमा हामीलाई सजिलो हुन्छ ।’
४ चैतसम्म चल्ने प्रतियोगितामा ६ टोलीले खेल्दैछन । अर्को खेलमा पश्चिमाञ्चलका प्रशिक्षक अर्जुन घिमिरेलु टोलीले राम्रो खेलेर हारेको बताए । उनले भने, ‘हामीले राम्रो सुरुआत गरेको थियौं । तरपछि सर्भिस बिग्रियो । त्यसले टोलीको समन्वयलाई बिग्राने काम गरेकोले अप्ठयारो भयो ।’

प्रशिक्षक बिजय केसीले नयाँ वर्षको सुरुआत नेपालगन्जमा उपाधि जितेर गर्ने लक्ष्य रहेको बताए । प्रधानमन्त्री कप महिला भलिबलको तेस्रो संस्करण यस बर्ष ऐतिहासिक रुपमा सम्पन्न गर्ने आयोजकले तयारी गरेको छ । यसबर्ष टिमको सहभागिता संख्या बढेको छ । पहिलो पटक आयोजक टिम कोर्टमा उत्रदैछ, भारतीय दुई टिमले भाग लिंदैछन् । साविक विजेता नेपाल एपीएफ क्लब, उपविजेता न्यु डायमन्ड एकेडेमी(काठमाडौं), पश्चिमाञ्चल टिम (पोखरा), आयोजक मध्यपश्चिम टिम रहेका छन् ।
प्रतियोगिताको विजेताले एक लाख एक हजार, उपविजेताले ५१ हजार र तृतीयले ३१ हजार रुपैयाका साथै ट्रफी, पदक र प्रमाणपत्र पाउनेछन् । उत्कृष्ट विधामा पनि पुरस्कारको व्यवस्था गरिएको छ । सुविसु इन्टरनेटले फ्रि वाईफाई जोनको सुविधा प्रदान गरेको छ । प्रधानमन्त्री कपकै अवसरमा सार्वजनिक हुने गरी खेलकुद गीत तयार गरिएको छ ।बुधबार न्यु डायमन्ड एकेडेमीले पश्चिमाञ्चलसँग खेल्नेछ । अर्को खेलमा रेलवेले मध्यपश्चिमसँग खेल्नेछ ।