न्यु डायमण्ड सेमिफाईनलमा

Manoj Shiama
13 April, 2016 7:57 pm

new diomond wednesdayeन्यु डायमण्ड एकेडेमीले तेस्रो प्रधानमन्त्री कप इन्डो नेपाल महिला भलिबल प्रतियोगिताको सेमिफाईनलमा स्थान शुरक्षित बनाएको छ । कोहलपुरमा भएको आफ्नो पहिलो खेलमा न्यु डायमण्डले पश्चिमाञ्चल बिरुद्ध ३–० को सहज जित निकाल्दै एक खेल अगाबै सेमिफाईनलमा स्थान बनाएको हो । पश्चिमाञ्चल भारतको उत्तर प्रदेशसँग ३–१ ले पराजित भएपछि प्रधानमन्त्री कपमा बनि रहन न्यु डायमण्डलाई जित्नै पर्ने समिकरण बनेको थियो । न्यु डायमण्ड नवबर्ष २०७३ को बिहानीमा पहिलो खेल जितेर अन्तिम चारमा स्थान बनाउदै सुखद सुरुवात गर्ने दाउमा थियो । कोहलपुरको खेल मैदानमा न्यु डायमण्डले २५–२०, २५–२२ र २५–१३ ले बाजि मा¥यो ।
न्यु डायमण्डले सुरुवाती अग्रतालाई निरन्तरता दिदै पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पा¥यो । पश्चिमाञ्चलले दोेश्रो सेटमा ५–१ को सुरुवाती अग्रता लिएको थियो । सो सेटमा न्यु डायमण्ड २२–१९ को अवस्थामा भएपनि पश्चिमाञ्चलले लगातार ४ स्कोर गरेर खेलमा फर्कने प्रयास गरेको थियो । खेल २२–२२ को बराबरीको अबस्थामा रहे पनि पश्चिमाञ्चलले दोस्रो सेट जित्न सकेन । तेस्रो सेट भने डायमन्डले सहजै जित्यो । यसैगरी अर्को खेलमा भारतको रेलवेले आयोजक मध्यपश्चिमलाई २५–७, २५–९ र २५–६ ले हराउन सफल भयो । बुधबारको नतिजापछि डायमन्ड, एपिएफ, रेलवे र उत्तर प्रदेश एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छन । प्रतियोगिताको विजेताले एक लाख एक हजार, उपविजेताले ५१ हजार र तृतीयले ३१ हजार रुपैयाका साथै ट्रफी, पदक र प्रमाणपत्र पाउनेछन् । उत्कृष्ट विधामा पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ । सुविसु इन्टरनेटले फ्रि वाईफाई जोनको सुविधा प्रदान गरेको छ । प्रधानमन्त्री कपकै अवसरमा सार्वजनिक हुने गरी खेलकुद गीत तयार गरिएको छ ।
बिहिबार न्यु डायमन्ड एकेडेमीले पश्चिमाञ्चलसँग खेल्नेछ । अर्को खेलमा रेलवेले मध्यपश्चिमसँग खेल्नेछ । आयोजक बाँके जिल्ला भलिबल संघले प्रतियोगिताको अवसरमा भलिबल प्रशिक्षक कुमार राई सहित नेपालगन्जको पुराना भलिबल कर्मीलाई सम्मान गरेको थियो ।