झापामा बिहिबारदेखी तेस्रो राष्ट्रिय पुरुष भलिबल लिग हुने
झापाको धाईजनमा बिहिबारदेखी तेस्रो राष्ट्रिय पुरुष भलिबल लिग प्रतियोगिता हुने भएको छ । नेपाल भलिबल सघं र विहानी बचत तथा ऋण सहकारी सस्थाको आयोजनामा कुल चार दिनसम्म प्रतियोगिता हुनेछ । प्रतियोगिता बिहिबारदेखि ५ बैशाख धाइजन मोडको प्लटिङमा हुनेछन् । लिग भलिबल तीन विभागीय टिम सशस्त्र प्रहरी बलको(एपीएफ),नेपाल पुलिस,नेपाल आर्मी,ढोरपाटन भलिबल प्रशिक्षण केन्द्र,जावलाखेल भलिबल प्रशिक्षण केन्द्र,पश्चिमाञ्चल क्षेत्रिय भलिबल सघं,मध्यमाञ्चल क्षेत्रिय भलिबल सघं र पुर्वाञ्चल क्षेत्रिय भलिबल सघंले प्रतिस्पर्धा गर्ने नेपाल भलिबल सघंका केन्द्रीय सदस्य लेखनाथ पराजुलीले बताए । राष्ट्रिय लिगमा कुल २१ लाख अनुमानीत लागत लाग्ने सघंका सदस्य घिमिरेले बताए ।
लिग विजेता ३ लाख १५ हजार,उपविजेता १ लाख ५७ हजार र तेस्रोलाई १ लाख १० हजार नगद पुरस्कार र ट्रफि प्राप्त गर्नेछन् । सर्बात्कृष्ट खेलाडीले २५ हजार,विधागत उत्कृष्टले समान ५–५ हजार नगद पुरस्कार ट्रफि मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको उद्धघाटन उपराष्ट्रपति नन्द किशोर पुनले गर्नेछन् । गत सस्करणमा विजेता पुलिसले उपाधी हात पारेको थियो । दोस्रो सस्करण भने पोखरामा सञ्चालन भएको थियो ।