भारतको रेलवे च्याम्पियन

Manoj Shiama
16 April, 2016 8:21 pm

volleyballl tse

भारतको रेलवे टोलीले नेपालगन्जमा शनिबार भएको तेस्रो प्रधानमन्त्री कप इन्डो नेपाल महिला भलिबलको उपाधि जितेको छ । रेलवेले एपिएफलाई हराउँदै च्याम्पियन बनेको हो । रेलवेले नेपालगन्ज कभर्ड हलमा १९–२५, २५–१९, २५–२३, २५–१६ ले एपिएफलाई पराजित गरेको छ । यसैगरी तेस्रो स्थानको लागी भएको खेलमा उत्तर प्रदेशले न्यु डायमन्डलाई हराउँदै तेस्रो भयो । उत्तर प्रदेशले खेल २७–२५, २५–२२, २०–२५, १७ –२५ र १५–८ ले हरायो । प्रतियोगितामा न्यु डायमन्ड एकेडेमीकी प्रतिभा माली उत्कृष्ट खेलाडी भइन । यसैगरी अन्य विधामा उत्कृष्ट स्पाइकरको उपाधि, सरस्वती चौधरी, उत्कृष्ट सर्भस एपिएफकै नेविका चौधरी, ब्लकर रेलवेलकी अनुसी घोष, सेटर चम्पा देवी, उत्कृष्ट डिफेन्सको उपाधि डायमन्डकी सलिना श्रेष्ठले पाइन ।
विजयी खेलाडीलाई खानेपानी तथा सरसफाइ राज्य मन्त्री दिनेश चन्द्र यादव, राष्ट्रिय खेलकुद परिषदका कोषाध्यक्ष सुरेन्द्र हमाल, नेपाल ओलम्पिक कमिटीका कोषाध्यक्ष रतन टण्डन, बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्त, नेपालगन्ज उद्योग वाणिज्य महासंघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ र नेपाल भलिबल संघका सचिव तथा आयोजक बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरी लगायतले पुरस्कृत गरे । विजयी टोलीले १ लाख १ हजार, दोस्रोले ५१ हजार र तेस्रोले ३१ हजार प्राप्त गरे । उत्कृष्ट खेलाडीले १० हजार प्राप्त गरे । यसैगरी हरेक विद्याको उत्कृष्टले ट्रयाकसुट पाएको बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरीले बताए ।