नेपाल पुलिसलाई पुरुष लिग भलिवल प्रतियोगिताको उपाधि

Manoj Shiama
17 April, 2016 8:52 pm

volleyball jhapaeझापामा भएको तेश्रो राष्टिय पुरुष लिग भलिवल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । पुलिसले आइतबार भएको फाइनल खेलमा नेपाल आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो सस्करणको उपाधि उचालेको हो । धाइजन मोडको भलिबल कोर्टमा भएको खेलमा पुलिसले आर्मी विरुद्धको खेलमा पुलिसले पहिलो सेट २५–१७ ले जितेको हो । दोस्रो सेट पुलिसले नै २५–१८ ले जित्यो । तेस्रो सेटमा २५–१४ को जितेसँगै पुलिस क्लब उपाधि जित्न सफल भएको हो । विजेता पुलिसले ३ लाख १५ हजार रुपैया हात पा¥यो । पहिलो पुरस्कारको राशी सोनिया घरघरेडी खरिद विक्री केन्द्र दुहागढी ६ का प्रबन्ध निर्देशक नरेन्द्र मेचे (गछाम) ले उपलब्ध गराएका हुन् ।
उपविजेता आर्मीले १ लाख ७५ हजार रुपैया र ट्रफि हात पा¥यो । दोश्रो पुरस्कारको राशी रामकुमार कन्दम्वाले प्रयोजन गरेका थिए । प्रतियोगितामा तेस्रो भएको सशस्त्र प्रहरी बलको(एपीएफ) क्लबले १ लाख १० हजार रुपैया पायो । प्रतियोगितामा नेपाल पुलिस क्लबका कुल बहादुर थापा सर्बोत्कृष्ट खेलाडी चूनिए । थापाले २५ हजार रुपैया पाए । त्यस्तै बिधागत उत्कृष्ट तर्फ बेस्ट स्पाइकर पुलिसका सन्जय अर्याल,बेस्ट ब्लकर आर्मीका राज कुमार थापा,बेस्ट लिफ्टर पुलिसका इम राना मगर र बेस्ट लिब्रो पुलिसका सम्सेर चन्दले हात पारे । विधागत उत्कृष्ट सबैले ५ हजार रुपैया पुरस्कार हात पारे । सो अवसरमा भारतमा सम्पन्न १२औँ दक्षिण एसियाली खेलकुद(साग)मा महिला भलिबलको तर्फबाट कास्य पदक विजेता खेलाडी कोपीला उप्रेतिलाई सम्मानपत्रद्धारा सम्मान गरीएको थियो । पुर्वाञ्चलकी क्षेत्रकी उप्रेतिलाई प्रमुख अतिथी पुर्व अर्थमन्त्रि पाण्डेले सम्मान गरेका थिए । प्रतियोगिताको विजेता खेलाडीलाई प्रमुख अतिथी पुर्व अर्थमन्त्रि एवम् नेकपा एमाले पोलिटब्यूरो सदस्य सुरेन्द्र पाण्डे र नेपाल भलिबल सघंका अध्यक्ष दान बहादुर तामाङ लगायतले पुरस्कृत गरे ।