चौथो सिटिजन्स बैंक खुला टेनिस बैशाख १२ देखि

Manoj Shiama
19 April, 2016 6:20 pm

citizen press neete
काठमाडौं जिल्ला लन टेनिस संघको आयोजनामा चौथो सिटिजन्स बैंक ओपन टेनिस प्रतियोगिता १२ बैशाख देखि हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्मा रहेको टेनिस कोर्टमा हुने प्रतियोगिताको मुख्य प्रायोजक सिटिजन्स इन्टरनेसनल बैंक हो । प्रतियोगितामा पुरुष÷महिलाको एकल स्पर्धा हुने छ । त्यसैगरि पुरुष डबल, मिक्स डबल र विभिन्न उमेर समूहको एकल र डबल स्पर्धा हुने काठमाडौं जिल्ला लन टेनिस संघका अध्यक्ष मनोहर दास मुलले बताए । यस संस्करणदेखि मिक्स डबल्स स्पर्धासमेत समावेश गरिएको उनले बताए । प्रतियोगितामा १ सय ५० जना खेलाडीको सभागीता रहने बताइएको छ ।
उमेर समूहतर्फ ३५प्लस, ४५ प्लस र ५५ को एकल र डबल्स इभेन्ट रहेको छ । त्यसैगरि भेट्रान ६५ प्लसतर्फ भन्ने एकल स्पर्धामात्र हुने छ । प्रतियोगिताको संयोजक सरद लामा रहेका छन् । प्रतियोगिताका विजेताहरुलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको कुल पुरस्कार राशी दुई लाख ५० हजार रहेको जिल्ला संघले जनाएको छ । पुरुष÷महिला एकल विजेतालाई जनही २० हजार, दुवैका उपविजेता खेलाडीले १०÷१० हजार र सेमिफाइनलिस्टले ५÷५ हजार र क्वार्टरफाइलनको यात्रा तय गर्ने महिला तथा पुरुष एकल खेलाडीले २५÷२५ सय पुरस्कार प्राप्त गर्ने छन् । त्यसैगरि डबल र मिक्स डबलतर्फको विजेताले १५÷१५ हजार पुरस्कार प्राप्त गर्नेछन् । उमेर समूहको इभेन्टका विजेतालाई समेत पुरस्कारको व्यवस्था रहेको छ ।