जनक र सुनिलले कराते च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने

Manoj Shiama
20 April, 2016 7:00 pm

karate janake
मित्र राष्ट्र अमेरिकाको न्यू योर्कमा आयोजना हुने हिरोल्ड काई अन्तराष्ट्रिय च्याम्पियनसिपमा सहभागी हुन नेपाली कराते खेलाडी जनक सिंह खड्का बुधबार त्यस तर्फ प्रास्थान गर्ने भएका छन् । एक कार्यक्रमविच नेपाल कराते महासंघका अध्यक्ष एवं सितेरियो कराते संघका अध्यक्ष दावा गुरुङ्गले खड्का लाई राष्ट्रिय झन्डा प्रदान गर्दै विदाई गरे । खड्का बुधबारनै त्यस तर्फ प्रस्थान गर्नेछन् ।
अप्रिल २४ तारिख अमेरिकामा आयोजना हुने च्याम्पियनसिप पश्चात मे १४ मा क्यानडाको मोन्टेरियलमा आयोजाना हुने मोन्टेरियल खुला कराते च्याम्पियनसिपमा खड्का सहित अमेरिकामानै रहेका सुनिल लामाले पनि सहभागिता जनाउने खड्काले जानकारी गराए ।
जनक सिंह खड्काले ६७ केजी मुनि र सुनिल लामाले ६० केजी मुनि प्रतिस्पार्धा गर्नेछन् ।
खड्काले २०१४ मा आयोजना भएको युएसए ओपन कराते च्याम्पियनसिपमा कास्य पदक प्राप्त गरेका थिए । विदाई कार्यक्रममा नेपाल कराते महासंघका महासचिव हरिशरण केसी, सदस्य निवास गोपाल बैद्यलगायतको उपस्थिती रहेको थियो ।