महिला शसक्तिकरणका लागि खेलकुद तालिम सम्पन्न

godavari
“महिला हिसां विरुद्ध उत्तम विकल्प प्रतिरक्षाको लागि खेलकुद अबको संकल्प” भन्ने तालिम शुक्रबार सम्पन्न भएको छ । गोदावारीको बुद्ध उच्च मावी बाडे गाउँमा समापन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद(राखेप) सदस्य–सचिव केशव कुमार विष्टले प्रशिक्षार्थिहरुलाई सहभागिताको प्रमाणपत्र वितरण गरेका थिए । सो अवसरमा विष्टले खेलकुद जीवनको पद्धती र सस्कृतीसँग जोडिनु पर्ने बताउदै भने“महिलाहरुको लागि दिएको उक्त प्रशिक्षण निकै उपयोगी मुलक हुनेछ । आगामी दिनहरुमा राखेपले राष्ट्रव्यापी रुपमा नै “महिला हिसां विरुद्ध उत्तम विकल्प प्रतिरक्षाको लागि खेलकुद अबको संकल्प” भन्ने नारालाई गाउँ दरारसम्म पु¥याउने बताए ।
राष्ट्रिय खेलकुद परिषदको सहयोग र मानव विकास तथा जागरण मञ्चद्धारा आयोजित तीन दिने प्रशिक्षण शिविरको राष्ट्रिय खेलकुद परिषदका तेक्वान्दो सहायक प्रशिक्षक मोहन विकले सञ्चालन गरेका थिए । प्रशिक्षणमा ५० किशोरी तथा १० महिला सहभागी थिए । समापनको अवसरमा मानव विकास तथा जागरण मञ्चका अध्यक्ष विनीता देवी पन्त,गणेशथान महिला कृषी बहुउद्देश्यीय सहकारी सस्थांकी अध्यक्ष संगीता नापीत र महिला अधिकारकर्मी धन कुमारी सुनुवार लगायतले आ–आफ्नो धारण राखेका थिए । कार्यक्रममा राखेप प्रेस सल्लाहकार रोहित दाहाल लगायतको उपस्थीती थियो ।

Comment