कक्षपति विश्व ब्लाकबेल्ट सेमिनारमा जाने

ganeshe
नेदरल्याण्डमा हुने आईएफके विश्व ब्लाक बेल्ट सेमिनारमा सहभागी हुने गणेश लाल कक्षपतिको आइतबार विदाई गरीएको छ । आगामी २७ अप्रील देखि १ मार्चसम्म हुने ब्लाक बेल्ट सेमिनारमा कक्षपति नेपालको तर्फ एक मात्र सहभागिता जनाउन लागेका हुन् । उक्त सेमिनारमा कुल २१ देशका प्रतिनिधीहरुको सहभागीता रहेनेछ । उक्त सेमिनार विश्वस्तरका आईएफके ब्लाक बेल्ट प्राप्त खेलाडीले मात्र सहभागीता जनाउनेछन् । नेदरल्याण्ड कराते सघंको आयोजनामा हुने सेमिनारममा कक्षपतिले नेपालकोतर्फबाट पहिलो पटक सहभागीता जनाउदैछन् । उनि इन्टरनेशनल फेडेरशन अफ कराते(आईएफके)का नेपाल रिप्रेजेन्टिप हुन् । त्रिपुरेवरस्थीत दशरथ रगंशालामा आइतबार आयोजित कार्यक्रममा कक्षपतिलाई नेपाल करातेँ महासघंका अध्यक्ष दावा गुरुङ र सघंका सचिव ओम कृष्ण प्रसाईले एक कार्यक्रमका बिच बिदाई गरे । सो अवसरमा महासघंका अध्यक्ष गुरुङले प्रशिक्षणमा उत्कृष्ट भएर आउन शुभकामना दिए ।

Comment