एपीएफ र पोखरालाई उपाधि

apf and pokharae
शसस्त्र प्रहरी बल(एपीएफ) ले सिनियर वेसबलको मैत्रिपुर्ण खेलमा पोखराको ऐती बेसबल क्लबलाई हराउदै उपाधि हात पा¥यो । सोमबार भएको खेलमा एपीएफले ऐतीलाई १२–२ रनले स्तब्ध पारेको थियो ।
त्यस्तै यू–१८ खुल्ला राष्ट्रिय बेसबलको उपाधि भने आइतबार नै पोखराको एतीले जितेको थियो । आईतवर भएको फाईनल खेलमा पोखराले भक्तपुर वेसबल क्लबमाथी एकतर्फि नतिजा निकालेको थियो । पोखराले उत्कृष्ट प्रदर्शन गदै ९ रन बनाउदा भक्तपुरले खाता समेत खोल्न सकेको थिइन् । उमेर समुहतर्फ पोखराका सुशिल परियार बेस्ट प्लेयर चूनिए । यू–१८ मा विधागत उत्कृष्टमा पोखराको वर्चस्व रह्यो । विधागत उत्कृष्टको बेस्ट पिचरमा पोखराका विकास राई,बेस्ट क्याचरमा भक्तपुरका सगुन खिचाजी,बेस्ट फस्ट बेसमा पोखराका अमृत नेपाली,बेस्ट सेकेण्ड बेसमा भक्तपुरका मनिष जिसि,बेस्ट थर्ड बेसमा पोखराका निसान गुरुङ,सर्ट बेस स्टपमा पोखराका अर्जुन परियार,लेफ्ट फिल्डमा पोखराका विवेक परियार,सेन्टर फिल्डमा पोखराका पवन कुँवर,राइट फिल्डमा भक्तपुरका प्रदिप पौडेल र लालिगुरास बेस्ट पिचर अफ फ्यूचर भक्तपुरका सुनिल भए ।
विजेता खेलाडीलाई नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष पुरेन्द्र विक्रम लाखे,नेपाल बेसबल सघंका अध्यक्ष असित सम्सेर जबरा,सघं महासचिव अशोक भटृृचन,मध्यपश्चिञ्चल क्षेत्रिय खेलकुद विकास समितीका सदस्य प्रदिप खत्रि ,नेपाल बेसबल क्लब लालिगुरास जापानका अध्यक्ष योहे कावायासी लगायतले पुरस्कृत गरे । बेसबल सघंका सचिव दिपक न्यौपानले सञ्चालन गरेको कार्यक्रममा पर्वतारोही सञ्जय पण्डितको उपस्थीती रहेको थियो ।

Comment