राणा दिदी बहिनी सेमिमा

tennis mondaye
मयङका राणा र माहिका राणा चौथो सिटिजेन बैंक खुला टेनिस यप्रतियोगिताको महिला एकलमा सेमिफाइनलमा प्रवेश गरेका छन् । मायङकाले विजिशा श्रेष्ठलाई ६–४ र ६–१ले तथा माहिकाले अनष्का मल्ललाई ६–१ र ६–१ को सेटमा पराजित गर्दै सेमिमा स्थान बनाएका हुन् ।यस्तै सेमिमा स्थान बनाउनेमा ईरा राउत र विभुती कार्की समेत रहेका छन् । ईराले गंगा शर्मालाई ६–२ र ७–५ले तथा विभुतीले रितु गुरुङ्गलाई ६–१ र ६–२ले पराजित गरे ।
काठमाण्डौ जिल्ला लन टेनिस संघको आयोजनामा भएको प्रतियोगिताको पुरुष एकलमा संरक्षण भुषण बज्राचार्यले आफ्नै भाई सम्य भुषणलाई ६–० र ६–१ले पराजित गर्दै क्वाटरफाईनलमा स्थान बनाए । यस्तै कमल भन्डारीले स्टेफेनलाई ६–० र ६–१ ले पराजित गरे । दावा सोनाम शेर्पाले प्रनव खनाललाई ७–५, ४–६ र ६–०को जित दर्ता गरे । यसैगरि रेन्जन लामाले अनिल शाहीलाई ६–४, २–६ र ६–०ले, शक्ति शर्माले नविन मगरलाई ६–३, २–६ र ७–५ले, जितेन्द्र परियारले विजय महर्जनलाई ६–१ र ६–१ले सक्षम कार्कीले आवाश मल्ललाई ६–४ र ६–३ले तथा कुमार अधिकारीले रञ्जन श्रेष्ठलाई ६–० र ६–१ले पराजित गर्दै क्वाटरफाईनलमा स्थान बनाए ।
भेट्रान ३५ बर्षको एकल प्रतिस्पर्धामा राजु श्रेष्ठले एमपी गिरीलाई ६–३, ६–३ले पराजित गर्दै अर्को चरणमा स्थान बनाए । यस्तै युगल तर्फ सुकुमान र उमेशको जोडीले गोपी र निरज थापाको जोडीलाई ७–५, ४–६ र १२–१०को सघर्ष पूर्ण जित निकाल्दै अर्को चरणमा पुगे ।
दशरथ रङ्गशालामा भएको प्रतियोगिताको ४५ बर्ष माथीको एकल प्रतिस्पर्धामा प्रताप मोक्तानले अशोक सिंहलाई ६–२, ६–१ले पराजित गर्दै क्वाटरमा स्थान बनाउन सफल भए । यस्तै कृष्ण राज घलेले हर्क गुरुङ्गबाट वाक ओभर पाए । यस्तै उत्तम वोगटीले दार्जी लामा र सुशिल पान्डेले जीवन घिमिरेबाट वाक ओभर पाए । गोपाल दास मानन्धरले प्रेम कुमार शाहीलाई १–६, ६–४ र १०–८ले, सुनिल गुरुङ्गले समिर शेरचनलाई ६–१, १–६, १०–८ले, धर्म शाहीले राजकुमार घिमिरेलाई ६–१, ६–०ले, हरविन्द्र सिंहले लोक गुरुङ्गलाई ६–२, ६–१ले, मनोज शाहले विनोद कायस्थलाई ६–४, ६–१ले, विकास गुरुङ्गले इश्वर लोहनीलाई ६–१, ६–२ले, आशिष सिग्देलले सुरेन्द्र मुकर्जीलाई ६–०, ६–०ले, करिमुल्ला मुस्लिमले शिव सेढाईलाई ६–३, ६–३ले पराजित गर्दै क्वाटरमा स्थान बनाउन सफल भएका छन् ।

Comment