सामाजीक नेतृत्वमा तेक्वान्दोकर्मी

Manoj Shiama
26 April, 2016 10:23 pm

romee
संयुक्त राष्ट्र संघद्वारा आयोजना गरिएको स्विजरल्यान्डको जेनेभामा हुने ईन्टरनेशनल डे अफ स्पोर्टस् फर डेभलेपमेन्ट एन्ड पिस २०१६ तथा ओलम्पिक फ्लेम ईभेन्टमा सहभागी हुन दीलिप स्मृती प्रतिष्ठानकी तेक्वान्दो खेलाडी रोमी गिरी बुधबार त्यस तर्फ प्रस्थान गर्ने भएकी छिन् । एक कार्यक्रमविच दीलिप स्मृती प्रतिष्ठानका अध्यक्ष राजेन्द्र खत्री, उपाध्यक्ष जगत लाल तामाङ्गलाई शुभकामना सहित बिदाई गरे ।
विश्वका विशिष्ट व्यक्तित्व संयुक्त राष्ट्र संघका महासचिव वानकी, ओलम्पिक कमिटिका अध्यक्ष थोमस ब्याक तथा खेलकुद मन्त्रीहरुको उपस्थित रहने कार्यक्रममा गिरीले सहभागिता जनाउन लागेकी हुन् ।
२७ अप्रिल देखि २ मे सम्म आयोजना हुने कार्यक्रममा युथ लिडरसिप प्रोग्राम एल्मुनाई गिरीलाई उक्त कार्यक्रममा सहभागिताको लागि युनाईटेड नेशन अर्गनाईजेशन फर स्पोर्टस् डेभलोपमेन्ट एन्ड पिसले निमन्त्रण गरेको हो ।
उनले २९ अप्रिलमा उक्त कार्यक्रममा ३ मिनटको मन्तब्य दिने कार्यक्रम समेत रहेको छ । १२ बैशाखको भुकम्प पछिको सामाजीक पूर्नउत्थानको समयमा विशेष सक्रियता रहेकी रोमी तेक्वान्दो खेलका अन्य विविध गतीबीधीमा समेत सक्रिय छिन् ।