जावलाखेल नीलो फाइनलमा
जावलाखेलको ‘नीलो’ टिम मनहोहन स्मृति खुला पुरुष रनिङ सिल्ड भलिबल प्रतियोगितामा बुधबार फाइनलमा प्रवेश गरेको छ ।
जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा भएको पहिलो सेमिफाइनलमा नीलोले आफ्नै हरियो टिमलाई २५–१८, २५–२० र २५–२२ को सोझो सेटमा पराजित ग¥यो । उपाधिका लागि नीलोले नेपाल कमर्श क्याम्पस (एनसीसी) र लक्की स्टार युथ क्लब, बुङमतीबीचको दोश्रो सेमिफाइनलको विजेतासंग बिहीबार प्रतिस्पर्धा गर्नेछ । त्यसै दिन दोश्रो सेमिफाइनल पनि हुनेछ ।
अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, ललितपुर जिल्ला कमिटी र मनमोहन स्मृति प्रतिष्ठानद्वारा संयुक्त आयोजित प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैया पुरस्कार पाउने छन् । सेमिफाइनलमा पराजित हुने दुई टिमलाई समान १०–१० हजार रुपैया पुरस्कार प्रदान गरिने छ ।